बैतडी । सुर्कालबाट देहिमाडौं जाँदै जिप दुर्घटना भएको छ । उक्त जिप दुर्घटना परि नौजना घाइते भएका छन् ।
भे १ च १११६ नम्बरकाआज बिहान साढे नौ बजे देहिमाडौं नजिक दुर्घटना भएको हो ।
घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भईरहेको छ । जिप चालक मेलौली नगरपालिका–३ का २८ वर्षीय जनकबहादुर चन्द रहेका छन् । जिप चालकको भने अवस्था अलिक गम्भिर रहेको छ ।
घाईते सबै अबस्था सामान्य नै रहेको स्थायी ट्राफिक प्रहरी सतबाँझका मोहन विष्टले जानकारी दिए ।
ट्राफिक प्रहरीका अनुसार उकालो कच्ची बाटोमा जिप चढ्न नसक्दा ब्याक भएको र ब्रेक फेल भएका कारण दुर्घटना भएको थियो ।







