बुटवल । रुपन्देहीको बुटवलमा एक स्थानिय युवकले उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गरेका छन् ।
रुपन्देहीको बुटवलमा केही दिनअघि देखिको लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएका थिए । स्थानीयले प्रभावित क्षेत्रमा सरकारले नहेरेको भन्दै गुनासो गर्दै आएका थिए ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी सो क्षेत्रमा अवलोकनमा गएका थिए । आक्रोसीत स्थानीयले मेयर सुवेदीलाई आक्रोस पोख्ने क्रममा एक स्थानीयले भने मुक्का हानेका हुन् ।