धनकुटा । धनकुटा जिल्लाको सागुरीगढी गाउपालिकाको भेडेटारमा नेपाली कांग्रेस सागुरीगढी गाउपालिकाका वडा सभापतीहरुलाई आज बधाई ज्ञापन गर्दै संगठन विस्तार र सुदृढीकरण अभियानमा लाग्न शुभ कामना दिएको छ ।
धनकुटाको सागुरीगढी गाउपालिकाकामा भएको नेपाली कांग्रेसको वडा अधिवेशन बाट निर्वाचित हुनु भएका वडा नं. १ का सभापती भुपेन राई,वडा नं. २ का सभापती योगेन्द्र इवाहाङ्ग,वडा नंं ३ का सभापती कृष्ण लिम्बु,वडा नं. ४ का सभापती पृती लिम्बु,वडा नं. ५ का सभापती ओम प्रकाश लिम्बु,वडा नं. ६ का सभापती सन्तोष राई,वडा नं. ७ का सभापती देवेन्द्र राई,वडा नं. ८ का सभापती पूर्ण राई,वडा नं. ९ का सभापती भूपाल राई र वडा नं. १० का सभापती झगेन्द्र राईलाई धनकुटा कांग्रेसका नेताहरुले खादा तथा टिकाई लगाई दिई बधाई ज्ञापन गर्दै सफल कार्यकालको लागी हार्दिक शुभ कामना व्यक्त गर्नु भएको हो ।
नेपाली कांग्रेस सागुरीगढी गाउपालिका कार्य समितिका सभापती यम प्रकाश मगरको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा प्रदेश सभा सांसद लिला सुब्बा,नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,महासमिति सदस्य ललित चेम्जोग,जिल्ला सदस्य सुमना तिम्सिना, नेपालधन राई,पृती बान्तवा,क्षेत्रीय सभापती जितेन्द्र राई,नेपाल तरुण दल धनकुटाका वरिष्ठ उपाध्यक्ष धिरज साङ्वो,नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष हिमा चेम्जोग लगायतले हालै निर्वाचित वडा सभापतीहरुलाई बधाई ज्ञापन गर्दै नया ढंगबाट पार्टी संगठन विस्तारमा लाग्नु अनुरोध गर्नु भयो ।
धनकुटा जिल्लाको सागुरीगढी गाउपालिकाका वडा सभापतीहरुले आगामी निर्वाचनमा सागुरीगढी पालिका र सवै वडाहरुमा विजयी प्राप्त गरी नया ईतिहास निर्माण गर्ने वताउनु भयो । सो अवसरमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई पालिका अधिवेशन सम्वन्धमा सहजीकरण गर्नु भएको थियो । सो अवसरमा नेपाली कांग्रेस सागुरीगढी गाउपालिकाका विभिन्न वडाहरुबाट निर्वाचित क्षेत्री प्रतिनिधिहरु, राम राई,अमर राई,पदमिनी राई,विष्णु आचार्य,मणी राई,लाई समेतलाई बधाई ज्ञापन गरिएको थियो ।