काठमाडौ । बल्खु काठमाडौमा रहेको वयोधा अस्पताललाई हालसालै एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोप लागेको थियो । यसै विषयमा नेपाल मेडिकल काउन्सीलले समेत वयोधा अस्पताललाई पत्राचार गरेको र स्पष्टिकरण मागेको थियो ।
२०७७ साल कात्तिक ९ गते बयोधा अस्पतालमा उपचारका लागि पुगेकी पल्लबी श्रेष्ठले आफ्नो उपचारको क्रममा लापरबाही भएको भन्दै अस्पतालविरुद्ध काउन्सिलमा उजुरी दिएकी थिइन् ।
उनले एकजना डाक्टरको नामबाट ओपिडी टिकट काटी उपचार गराउन जाँदा अर्कै डाक्टरबाट उपचार भएको र उपचारका क्रममा पनि लापरबाही भएको भन्दै छानबिन गरी कारबाहीको माग समेत गरेकी थिइन् ।
लगभग वर्ष दिन पछि अस्पताललाई स्पष्टिकरणको लागि पत्राचार गरियो । अस्पतालको स्पष्टिकरण यस अनुरुप छ ।
आखिर भएको के थियो ?
अन्तत काउन्सीलको पत्रलाई स्पष्ट गर्दै अस्पतालले पठाएको स्पष्टिकरणमा बिरामी स्वयम हाडजोर्नी विषेषज्ञ चिकित्सकलाई भेट्न आएको र उक्त दिन अस्पतालको हाडजोर्नी विभागका प्रमुख डाक्टर अभय यादव बिदामा भएकाले आकस्मीक कक्षमा आफ्नो परिचय खुलाई डाक्टर शशी कुमार झा ले जाँचेको उल्लेख छ ।
सामान्यतया कुनै चिकित्सक बिदामा रहँदा आकस्मीक केसमा अनि बिरामी स्वयमलाई जानकारी गराई अस्पतालमा उपलव्ध अर्का समबन्धीत बिशेषज्ञलाई देखाइनु सामान्य प्रक्रिया हो । यसै अनुरुप बिरामी पल्लभी श्रेष्ठलाई अर्का डाक्टरले हेरेका र त्यपछि पनि धेरैपटक फलोअपमा आँउदा बिरामी स्वयमले आफूले देखाएको डाक्टर शशी कुमार झा लाई नै देखाएको अस्पतालले स्पष्ट पारेको छ ।
बिसं २०७७ साल कार्तिक ९ गतेको घटना उल्लेख गरिएतापनि त्यसपछि बिभिन्न मितीमा बिरामी पल्लभी स्वयम अस्पतालमा आई डाक्टर
शशीलाई देखाएर गएको अस्पतालसंग प्रमाण पनि रहेको स्पष्ट पारिएको छ । बिरामीलाई चित्त नबुझेको भए आखिर किन फेरि उही चिकित्सकलाई देखाइयो त ? अनि यदि अस्पतालले झुक्कयाएर अर्का चिकित्सकलाई देखाएको भए बिरामी स्वयमले त्यतिबेला नै प्रतिकार नगरिन पछि यस विषयमा चर्चा भयो ?
के साँच्चै करोडौं रकम लगानी गरेर बनाइएको वयोधाजस्ता अन्तराष्ट्रिय स्तरको अस्पतालले केहि सय पैसाका लागि बिरामीलाई झुठो बोल्छ त ? यदि यो सत्य हो भनें हामीजस्ता सामान्य जनताले अब अन्तराष्ट्रिय स्तरको सेवा दिने निजी अस्पतालमा कतिको भर पर्न सक्दछौं त ? यो प्रश्न हामी सबैलाई ।
वयोधा अस्पतालको स्पष्टिकरण हेर्दा यस विषयमा अस्पताल आफ्नो सेवामा स्पष्ट रहेको देखिन्छ । अब मेडिकल काउन्सीलको प्रतिक्रिया के हुनेछ ? भविष्यले बताउनेछ ।
यस विषयमा गुन्द्रक खबरले वयोधा अस्पताल प्रशासनमा सम्पर्क राख्दा अस्पताल प्रशासन आफ्नो गल्ति भएमा मान्न तयार रहेको तर यस समबन्धमा अस्पतालबाट कहिँ कतै केहि त्रुटि नभएको बताएका छन् । अस्पतालसंग बिरामी आँउदाको बिल प्रमाण र फेरि त्यहि बिरामी अस्पतालमा स्वच्छाले आएर डाक्टर शशिलाई नै देखाएको प्रमाण पनि अस्पतालसंग सुरक्षित रहेको बताएका छन् ।