रामधुनी । नेपाली काँग्रेस रामधुनीका युवा नेता सुदीप अधिकारीले आफ्नो प्यानलको उम्मेदवारी घोषणा गरेका छन् । रामधुनी ५ मा रहेको कल्प बृक्ष प्याटी प्यालेसमा आयोजित उम्मेदवारी घोषणा सभामा काँग्रेस नगर सभापतिमा सुदिप अधिकारी सहित उनको प्यानलले उम्मेदवारी घोषणा गरेका हुन ।
नेपाली काँग्रेस रामधुनी नगर सभापतीमा सुदिप अधिकारी उपसभापति आशा चौधरी र सचिवमा महेश चौधरी र देस्तीराम चौधरी सह–सचिव आधिकारिक उम्मेदवार घोषित भएका हुन ।
कोषाध्यक्षमा भने नगरबाट चुनिएर आएका मधेसी, मुस्लिम तथा थारु प्रतिनिधि मध्येबाट एक जनालाई मानोनित गरिने सभापतिका प्रत्याशी युवा नेता सुदिप अधिकारीले जानकारी दिनुभयो ।
कोषाध्यक्ष र कार्यसमिति सदस्यहरू वडाबाटै प्रतिनिधित्व गरी आउने नेपाली काँग्रेसको विधान रहेको छ । काँग्रेसको निर्वाचन कार्यपालिका अनुसार नगरपालिका तहको चुनाव असोज ९ गते हुँदै छ ।
सभापतिका आधिकारिक उम्मेदवार घोषित सुदिप अधिकारीले भुगोल समाबेश जात जाती समावेशी, जुझारु, र ऊर्जावान् सबै समुहको व्याती आफ्नो टिमा भएकाले जित सुनिश्चित रहेका बताए ।
कम्युनिस्टको कब्जामा रहेको रामधुनीका धेरै बडामा काँग्रेस मय बनाइ स्थानीय तहको निर्बाचनमा सबै बडामा जित सुनिश्चित हुने गरी सबैलाई समेटेर काम गर्ने गरीको टिम निमार्ण गरी आफ्नो पुन उम्मेदवारी घोषणा गरेको बताउनुभयो ।