कपिलवस्तु । कपिलवस्तुमा नागरिकता बनाउन आधा महिना पालो कुर्नुपर्ने बाध्यता रहेको छ । कपिलवस्तुमा दरबन्दी अनुसारको कर्मचारी नहुँदा कर्मचारी नहुँदा जनताले सास्ती खेप्नु परिरहेको छ ।
कार्यालयमा कर्मचारी अभावले गर्दा नागरिकता, राहदानी, संस्था दर्ता, बजार अनुगमन गर्नसमेत समस्या भएको छ ।
विगत ४ महिना यता कार्यालयमा अधिकृतदेखि नासुसम्मका कर्मचारी छैनन् । दरबन्दी अपुगका कारण कर्मचारी माग गरिएको छ तर मन्त्रालयबाट व्यवस्थापन हुन सकेको भने छैन ।
कार्यालयमा ३३ जना कर्मचारीको दरबन्दी भए पनि ११ जना कर्मचारी रिक्त रहेका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए ।