रामधुनी । रामधुनीमा नेता सगेन चौधरीले आफ्नो प्यानलको उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेसको १४ औं महादिवेशन असोज ९ गतेका लागि उनले रामधुनी ५ मा रहेको एक होटेलमा आयोजित कार्याक्रममा उम्मेदवारी घोषणा गरेका हुन् ।
नेपाली काँग्रेस रामधुनी नगर सभापतिमा सगेन चौधरी उपसभापति नारायण कोइराला र विजय चौधरी सचिवमा नगेन्द्र कुमार चौधरी र अशोक बहादुर भण्डारी सह–सचिव भिष्मा काफ्ले पौडेल र विष्णु लिम्बुको उम्मेदवार घोषित भएका हुन । मधेसी, मुस्लिम तथा थारु प्रतिनिधि मध्येबाट एक जनालाई कोषाध्यक्षमा मानोनित गरिने चौधरीले जानकारी दिए ।