धरान । महालक्ष्मी विकास बैक र आर्या ब्युटि आर्ट एण्ड एकेडेमीले आफ्ना ग्राहकलाई विशेष छुट तथा सहुलियत दिने विषयमा सम्झौता गरेको छ ।
महालक्ष्मी विकास बैकले आफ्ना ग्राहकलाई आर्या ब्युटि आर्ट एण्ड एकेडेमीमा अध्ययन गर्दा विषेश छुट दिने व्यावस्था मिलाएको हो । आज शुक्रबार महालक्ष्मी विकास बैक धरानका प्रमुख प्रबल श्रेष्ठ र आर्या ब्युटि आर्ट एण्ड एकेडेमीकी कार्यकारी निर्देशक सीता मिश्रले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
२५ प्रतिशत छुट पाउने व्यावस्ता सहित महालक्ष्मी विकास बैक र आर्या ब्युटि आर्ट एण्ड एकेडेमीमा ब्युटिसियनले यो सम्झौता गरेका हुन् । अब महालक्ष्मी विकास बैक खाता आफ्ना सम्पूर्ण ग्राहकलाई आर्या ब्युटि आर्ट एण्ड एकेडेमीमा सिफारीस गर्ने छ ।
महालक्ष्मी विकास बैक धरानका प्रमुख प्रबल श्रेष्ठले महालक्ष्मी विकास बैकसँग कुनैपनि हिसाबले आवद्ध ग्राहक तथा सेवाग्राहीलाई ब्युटिसियन कोर्ष गर्न चाहामा हामी सहज ढङगले सिफारीस गर्ने छौ ।
अबको युवा पुस्ताको हातमा सिप होस् भन्ने चाहानाका साथ यो सम्झौता गरेको महालक्ष्मी विकास बैक धरानका प्रमुख प्रबल श्रेष्ठले बताए । उन्नले भने हामी हाम्रो ग्राहकलाई ब्युटिसियन कोर्ष गर्न चाहोमा सहज ढङगले सिफारीस गर्ने छौ ।
एक बर्षसम्मका लागि भएको यस सम्झौतामा आर्या ब्युटि आर्ट एण्ड एकेडेमीमा ब्युटिसियन,मेकअप,नेटआर्ट तथा स्कीन केयर सम्बन्धि कोर्ष हुने कार्यकारी निर्देशक सिता मिश्रले जानकारी दिईन् । उनले यो बाहेक छालामा आउने दाग,पोता,चाया जस्ता समस्यको उपचार समेत हुने गरेको बताईन् ।
गुणस्तरिय सेवा दिदै आएको यस आर्या ब्युटि आर्ट एण्ड एकेडेमी धरान–१० स्थित पुतली लाईनमा रहेको छ ।