धनकुटा । धनकुटाको छथरजोरपाटी गाउपालिकामा नेपाली कांग्रेसका ६ वटै वडाका सभापतीहरुले आज बधाई तथा शुभ कामना ग्रहण गर्दै छथरजोरपाटी गाउपालिकामा कांग्रेसलाई जिताउने उदेघोष गरेका छन ।
नेपाली कांग्रेस छथरजोरपाटी गाउपालिका कार्य समतिद्धारा आयोजित बधाई ज्ञापन कार्यक्रममा नेपाली कांग्रेस छथरजोरपाटी गाउपालिका वडा नं. १ का सभापती भोगेन्द्र अधिकारी,वडा नं. २ का सभापती मान वहादुर पुलामी,वडा नं. ३ का सभापती छत्र वहादुर लिम्बु,वडा नं. ४ का सभापती डिल्ली वहादुर लिम्बु,वडा नं. ५ का सभापती ढकल सिंह लिम्बु,वडा नं. ६ का सभापती नविन श्रेष्ठलाई खादा माला तथा टिका लगाई दिई बधाई ज्ञापन गर्दै सफल कार्यकालको लागी शुभ कामना व्यक्त गरिएको थियो ।
नेपाली कांग्रेस छथरजोरपाटी गाउपालिका कार्य समितिका सभापती छत्र सुब्बाको अध्यक्षमा भएको बधाई ज्ञापन कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका जिल्ला उपसभापत नविन किशोर शाक्य,सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,जिल्ला सदस्य इन्द्र वहादुर गुरुङ्ग,नेपाली कांग्रेस धनकुटाका पूर्व जिल्ला सहसचिव राजन पौडेल,नेपाल तरुण दलका कार्यवहाक जिल्ला अध्यक्ष यूवराज पराजुली,जिल्ला उपाध्यक्ष चिरञ्जीवि थापा,नेपाली कांग्रेस छथरजोरपाटीका उपसभापती पृथ सिंह लिम्बु,नेपाल टे«ड युनियन कांग्रेस छथरजोरपाटीका अध्यक्ष पदम भट्राई, सचिव केशव चापागाई लगायतले बधाई ज्ञापन गर्दै सफल कार्य कालको शुभ कामना व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा छथरजोरपाटी गाउपालिकाका ६ वटै वडाका वडा सभापतीहरुले वडा अधिवेशनबाट पनि सर्वसम्मत नेतृत्व चयन भएको र छथरजोरपाटी गाउपालिका अधिवेशनबाट पनि सर्व सम्मत नेतृत्व चयन हुने उदेघोष गर्दै छथरजोरपार्टीमा कांग्रेसलाई जिताउने वताउनु भयो ।
सोही समारोहमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले पालिका अधिवेशन र निर्वाचन प्रक्रियाको वारेमा सहजीकरण गर्नु भएको थियो । कार्यक्रमको संचालन छथरजोरपाटी गाउपालिका कार्य समितिका सचिव केशव चापागाई गर्नु भएको थियो ।
यसैगरी उक्त कार्यक्रममा नेपाली कांग्रेस छथरजोरपार्टी गाउपालिकाका उपसभापती ध्रुव दाहाल,नेपाली कांग्रेसका नेता भीष्म गुरुङ्ग,नेपाल तरुण दल धनकुटका पूर्व जिल्ला सचिव पुरुन राई,नेपाली कांग्रेस धनकुटा वडा नं. २ का पूर्व सभापती होम प्रसाद वराल लगायतका नेताहरुले समेत बधाई ज्ञापन गर्नु भएको थियो ।