वराहक्षेत्र । वराहक्षेत्रको सभापतिमा रमेश कार्की विजयी भएका छन् । आज सम्पन्न नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नगर अधिवेशनमा उनि विजयी भएका हुन् ।
वराहक्षेत्रमा जम्मा २ सय २६ मत खसेको थियो सभापतिमा उठेका रमेशले कार्कीले १ सय १३ मत प्राप्त गरेर विजयी भएका हुन् । सभापति पदमा प्रतिस्पर्धी गर्ने रत्नबहादुर राउतले ४४ र नारायण नेपालले ६१, मत प्राप्त गरेका थिए ।
उप–सभापतिकालागि युवराज श्रेष्ठ र जितबहादुर कार्की ( कान्टिन ) विजयी भएका छन् । उनिहरुले क्रमश ९७ र ९३ मत प्राप्त गरी विजयी भएका हुन् । श्रेष्ठ र कार्कीका प्रतिस्पर्धी चित्रबहादुर राई, महेन्द्रप्रसाद मेहता र प्रसिद्ध प्रसाईँ (जोन) को पक्षमा भने क्रमश ८३, ७७ र ३५ मत खसेको थियो ।
प्रतीक राई र हरिकृष्ण भट्टराई सचिवमा विजयी भएका छन् । उनिहरुको पक्षमा १ सय ४२ र ९५ मत प्राप्त भएको थिए भने उनिहरुका प्रतिस्पर्धी रोनि विष्ट ६०, तीर्थराज भट्टराई ५५ र अविराम थापा ( अनिल ) ४४ मत मात्र प्राप्त गरेका थिए ।
दिवाबसिह राईले १ सय ४३ र सन्तोष भण्डारीले ९५ मत प्राप्त गरेर सह– सचिवमा विजयी भएका छन् । उनिहरुका निकटतम प्रतिस्पर्धी महेन्द्र कार्की ८९ र युवराज भट्टराई ७७ मत प्राप्त गरेका छन् ।
निर्वाचन समितिका संयोजक गोकुल गुरागाईँका भन्नुहुन्छ ‘पदाधिकारी बाहेक अन्य नगर सदस्य निर्विरोध निर्वाचित भएका छन्’ । उनका अनुसार प्रत्यक्ष तर्फबाट समान रूपमा प्रत्येक वडामा १ महिला सहित ३ जना गरेर ३३ जना र समानुपातिक रूपमा २२ जना नगर सदस्यहरू निर्वाचित भएका छन् ।