धरान । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज भएको धरान उपमहानगर कार्यसमितिको निर्वाचनमा श्याम पोख्रेलको प्यानलै विजयी भएको छ ।
१४ औं महाधिवेशन अन्तर्गत आज भएको निर्वाचनमा सभापति पदका उम्मेदवार पोख्रेलले निकटतम प्रतिद्धन्दी किसोरको प्यानललाई नै पराजित गर्दै विजय भएको छ । उक्त निर्वाचनमा पोख्रेलले २६२ मत पाएका छन् भने राईले २२३ मत मात्र पाएका छन् पोख्रेलले ३९ मतले राईलाई पछि पारेका छन् ।
यस्तै, आफ्ना निकटतम प्रतिद्धन्दीलाई पराजित गर्ने क्रममा उपसभापतिमा उम्मेदवार प्रविण राईले २९० मत र सन्तोष लिम्बुले २३३ मत पाएर विजयी भए भने उपसभापति मै उम्मेदवार राजकुमार थोपाले २१८ र महेन्द्र तामांगले १८३ मात मात्र पाएर पराजित भएका छन् ।
सचिवमा पोख्रेलको प्यानलबाट उम्मेदवारहरु हिमाल श्रेष्ठले र जितेन्द्र राईले क्रमश २९६ र २५९ मत पाएर विजयी भए भने उनिहरुका निकटतम प्रतिद्धन्दी पदमा उम्मेदवार कोपिला गौतमल र सुमन श्रेष्ठले क्रमश १९५ र १७१ मात्र मत पाएर पराजित भएका छन् ।
यस्तै, सहसचिव पदमा पोख्रेल प्यानलका उम्मेदवारहरु युनेश राना मगर र शिला बज्रचार्यल क्रमश ३०२ र २७१ मत पाएर विजयी भए । सहसचिवमा नै उठेका उनिहरुका निकटतम प्रतिद्धन्दी उम्मेदवार कमला कार्कीले १७१ र गोपाल कार्कीको १८१ मत पाएर पराजीत भएका छन् ।