रामधुनी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन रामधुनी सभापतिमा पुनः सुदीप अधिकारी विजयी भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा अधिकारीले १ सय ३ मत प्राप्त गर्दै विजयी भएका हुन् । वर्तमान सभापति समेत रहेका उनले पुनः सभापतिमै उमेद्दारी दिएका थिए ।
तीन जना बीच भएको प्रतिष्पर्धामा सगेन चौधरी र दिलबहादुर राई (दिलु) भने पराजित भएका छन् । त्यस्तै उपसभापतीमा आशा कुमारी चौधरी र बिजय चौधरी विजयी भएका छन् ।
आशाले १ सय २५ मत प्राप्त गरिन् भने बिजयले ८० मत प्राप्त गरे । सचिवमा दोस्तीराम चौधरी र महेश कुमार चौधरी विजयी भएका छन् । दोस्तीरामले १ सय १३ मत प्राप्त गरे भने महेश कुमार चौधरीले ९९ मत प्राप्त गरेका छन् ।
सहसचिवमा सरल कट्वाल र सुरेस माझी विजयी भका छन् । सुरेसले ९३ मत प्राप्त गरे भने सुरेसले ८१ मत प्राप्त गरेका छन् । १ सय ९० जना मतदाता रहेको रामधुनीमा जम्मा १ सय ९० मत नै खसेको थियो ।