काठमाडौं । आज विहान काठमाडौबाट विराटनगरका लागि उडेको बुद्ध एअरको अवतरण हुने क्रममा चक्का नखुले पछि समस्या आएको छ । ८ बजेर ३३ मिनेटमा काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको अल्फा नोभेम्बर इन्डिया जहाज विराटनगरको आकाशमा दुई फन्को लगाएर काठमाडौं फर्किएको हो ।
काठमाडौबाट विराटनगरका लागि उडेको जहाज पुनः काठमाडौं फर्किएर छ । विराटनगरमा जहाज अबतरण हुने क्रममा चक्का नखुले पछि काठमाण्डौं फर्किएको थियो । बुद्ध एअरको यु१६१ रहेको जहाजमा समस्या आएको पछि काठमाडौं फर्किने क्रममा चक्का खुलेपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण भएको प्रवक्त रिन्जी शेर्पाले बताउनुभयो ।
काठमाडौंको आकाशमै झन्डै ११ फन्को लगाएको उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० बजेर २१ मिनेटमा सुरक्षित अवतरण गरिएका थियो । जहाजको प्राविधिक समस्या आएपनि केहि समय पछि सबै समस्याको समाधान भएको र मानविय क्षति नभएको शेर्पाले जानकारी दिनु भयो ।








