ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

नेपाल प्रेस युनियन सुनसरीलद्धारा दुर्घटना बापतको रकम हस्तान्तरण

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ अशोज ११ गते, १६:२८ बजे
नेपाल प्रेस युनियन सुनसरीलद्धारा दुर्घटना बापतको रकम हस्तान्तरण
22
SHARES
Share on FacebookShare on Twitter

नेपाल प्रेस युनियन सुनसरीले दुर्घटना बापतको रकम हस्तान्तरण गरेको छ । धरान स्थित विजयपुर एफ.एम मा कार्यरत पत्रकार रमेश राई साङगेनलाई दुर्घटना वापतको पैँतिस हजार ५ सय रुपैँया आज हस्तान्तरण गरिएको हो ।
सुनसरीका अग्रज पत्रकार गिरिराज आर्चाय र नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले संयुक्त रुपमा विमा बापतको रुपैँया हस्तान्तरण गरेका हुन ।

नेपाल प्रेस युनियनले प्रदेश १का १४ वटै जिल्लाका युनियनका अध्यक्ष सहित सुनसरीका ३ सय सञ्चारकर्मी गरी कुल ३ सय १४ जनाको दुर्घटना बीमा गरेको थियो । सोही अनुसार केही समय अघि दुर्घटनामा परेका पत्रकार राईको उपचारमा लागेको खर्च वापतको रकम हस्तान्तरण गरिएको हो ।

उपचारमा लागेको खर्चका विल अनुसार युनियनको खातामा प्राप्त रकम हस्तान्तरण गरिएको नेपाल प्रेस युनिययनका जिल्ला अध्यक्ष पवन अधिकारीले जानकारी दिनुभयो । केही समय अघि इटहरीका पत्रकार विराट गौतम(अनुपम)लाई पनि दुर्घटना बीमाकै सत्तरी हजार रुपैँया हस्तान्तरण गरिएको थियो ।

रकम हस्तान्तरण पछि अग्रज पत्रकार गिरिराज आचार्यले नेपाल प्रेस युनियनले पत्रकारको हतहितका लागि आवाज उठाउने मात्र नभई वस्तुगत ढंगले कल्याण र सुरक्षाको क्षेत्रमा पनि काम गरेको बताउनुभयो । ‘कोरोना महामारीमा कोरोना बीमा कार्यक्रम र यो दुर्घटना बीमा कार्यक्रम पत्रकारको कल्याणकारी र जिवन सुरक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान हो । ’ आचार्यले भने यस्ता कार्यले संस्थागत सुरक्षाको प्रत्याभुति हुँदैजानेछ ।

यस्तै नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राईले दुर्घटना बीमाको रमकले अप्ठ्यारोमा परेका पत्रकारलाई राहत पुगेको बताउनुभयो । युनियन सुनसरीले गरेका रचनात्मक कार्यले महासंघ सुनसरीलाई पनि काम गर्न रचनात्मक दबाव पुगेको अध्यक्ष राईले बताउनुभयो ।

रकम हस्तान्तरण कार्यक्रममा प्रतिक्रिया दिँदै विजयपुर एम.एमकी निर्देशक हिमाल राईले पत्रकारहरुको सुरक्षाका लागि गरिएको दुर्घटना बीमा कार्याक्रम निकै राम्रो रहेको बताउनुभयो । यस्ता कार्यक्रमले पत्रकारहरु आफ्नो कार्यक्षेत्रमा खटिएर काम गर्न अझै उत्प्रेरित गर्ने बताउनुभयो ।

नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले पत्रकारको पेशागत र जिवन सुरक्षाका लागि अन्य रचनात्मक कार्यक्रम गर्ने योजना रहेको बताउनुभयो ।

कोरोना संक्रमणबाट संक्रमित भई निको हुने पत्रकारहरुको कोरोना बीमा वापतको रकम प्राप्त भएकाले केही समयमा वितरण गरिने पनि जानकारी दिनुभयो ।।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist