ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

स्याउ तस्करीमा उच्च अधिकारीकै संलग्नताको आशंका, प्रहरीले थाल्यो छानबिन

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ असार ४ गते, १४:२९ बजे
स्याउ तस्करीमा उच्च अधिकारीकै संलग्नताको आशंका, प्रहरीले थाल्यो छानबिन

Royal Gala apples in a pile. All of the apples are red with a slight yellow hue to them. Several apples sit at an angle or on their side, while others sit perfectly straight. There almost forty apples in view.

20
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । चीनबाट ल्याइएका स्याउ भारत तस्करी गर्न प्रहरीकै मिलेमतोको आशंका भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले अलग-अलग रूपमा छानबिन थालेका छन् ।

निषेधाज्ञाकै बेला नेपालबाट भारत तस्करी भएका तीन ट्रक चाइनिज स्याउ भारतीय प्रहरीले बिहारको वीरपुरमा बरामद् गरेको थियो। सुनसरीको नाकाबाट स्याउ भारत पुगेपछि तस्करीमा प्रहरी संलग्नताको आशंका गरिएको थियो ।

सुनसरीको लौकही नाकाबाट रातारात तीन वटा नेपाली ट्रकमा स्याउ भारत पुगेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुटाछुट्टै समिति बनाएर छानबिन सुरू गरेका हुन् ।

स्याउ तस्करीमा प्रहरीका उच्च तहका अधिकारीदेखि जुनियर प्रहरी अधिृकतसम्मको नाम घटनामा मुछिएको प्रहरी स्रोतको भनाइ छ ।

दुबै प्रहरी संगठनले एसएसपीको नेतृत्वमा छुटाछुट्टै समिति गठन गरेर अनुसन्धान सुरू गरेको जानकारी दिएका छन् । प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरले एसएसपीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरीले पनि एसएसपी नेतृत्वमा तीन सदस्यीय समिति बनाएर  छानबिन सुरू गरेको छ ।

छानबिनका लागि संघीय प्रहरी इकाई कार्यालय धरानका एसएसपी राजेन्द्रप्रसाद चौधरीको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एवं एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । छानबिन समितिमा प्रदेश प्रहरी कार्यालयका प्रहरी डिएसपी लक्ष्मी भण्डारी, इन्स्पेक्टर मोहन रायमाझी र अन्य तीन जना  प्रहरी  छन् ।

यस्तै सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरीका एसएसपी प्रकाश थापा र डिएसपी नविन बोगटीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको डिआइजी वंशीराज दाहालले जानकारी दिए ।

‘कसको संलग्नतामा कुन नाकादेखि कसरी ट्रकमा स्याउ भारत पुग्यो भन्नेबारे छानबिन टोलीले काम सुरू गरेको छ,’ डिआइजी दाहालले भने, ‘छानबिन टोलीले दिएको प्रतिवेदनको आधारमा थप प्रक्रिया हामी अगाडि बढाउनेछौं ।’

चीनबाट आयात गरिएको स्याउ अवैध रूपमा सीमा कटाएर भारतको वीरपुर पुर्‍याएपछि भारतीय प्रहरीको नियन्त्रणमा परेको थियो ।  स्याउ बोकेर गएका तीन वटा नेपाली ट्रकसहित आठ जनालाई भारतीय प्रहरीले पक्राउ गरेको थियो ।

एक हजार ३५० कार्टुन स्याउ तस्करी प्रकरणमा सुनसरी जिल्लाका उच्च प्रहरी अधिकारीको समेत संलग्नता आशंका गरिएको छ। सीमा बन्द भएको बखत हुने तस्करीमा प्रहरीको मिलेमतोबाहेक सम्भव नै नहुने भएको भन्दै प्रहरी प्रधान कार्यालयको निर्देशनमा प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको थियो । छानबिन समितिले घटनाको विषयमा बुझ्न थालिसकेको र सात दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश पाएको प्रदेश प्रहरीका प्रवक्ता एसपी श्रेष्ठले जानकारी दिए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist