काठमाडौं । नेकपा एमालेले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर फिर्ता लिने सरकारको कदमलाई अनैतिकताको पराकाष्टाका संज्ञा दिएको छ ।
एमाले प्रमुख सचेतक विशाल भट्टराईले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर फिर्ता लिन उक्त कदमलाई गलत भएको भन्दै निन्दा गरेको छ । भट्टराईले संवैधानिक व्यवस्थाकै दुरुपयोग भएको भन्दै सरकारलाई आरोप लगाएका छन् ।
सरकारले आफूँनै संवैधानिक फैसलामा बसेर अदालत र न्यायाधीश पनि आफ्नो सिककार बनाएको भन्दै त्यसो नगर्न र गरेमा न्यायाधीविरुद्ध एमालेले कुनै पनि बेला महाअभियोग लाउन सक्ने चेतावनी दिएका छन् ।







