काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीे बैठक पेरिसडाँडामा बस्ने भएको छ ।
आज दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकको महाधिवेशन केन्द्रित विषयमा छलफल हुने जानकारी दिएका छन् ।
अध्यक्ष प्रचण्डको अनुसार सोमबारको बैठकले महाधिवेशन केन्द्रित सम्बन्धमा केही क्रियाकलापको कार्यतालिका परिर्वतन गर्ने निर्णय गरेको थियो । उनका अनुसार आज बस्न लागेको बैठक त्यही हेरफेर गरिएको क्रियाकलाप सम्बन्धी रहेको छ ।