कास्की । लाइसेन्सका लागि लामो समय हैरानी खेपेका गण्डकी प्रदेशवासीले भने अब केहि राहात पाउने भएका छन् ।
यातायात व्यवस्था विभागले ट्रायल उत्तीर्ण हुनासाथ लाइसेन्स दिने व्यवस्थाको तयारी गरेको छ । लिखित र ट्रायल पास भएपछि पनि लामो समयसम्म सवारी साधन अनुमतिपत्र (लाइसेन्स) नपाउँदा गण्डकी प्रदेशवासीले हैरानी खेपिरहेका थिए । अब यातायात व्यवस्था कार्यालय, पोखराले ट्रायल उत्तीर्ण हुनासाथ लाइसेन्स दिने व्यवस्थाको तयारी गरेको कार्यालय प्रमुख भरतराज काफ्लेले बताए ।
ट्रायल पास भएपछि पनि स्थायी लाइसेन्स हात पार्न निकै कठिन हुने र राजस्व बुझाएको रसिदको भरमा नै सवारी साधन चलाउनुपर्ने बाध्यता गण्डकी प्रदेशवासीमा रहदै आएको थियो । काफ्लेले भने, ‘ ट्रायल उत्तीर्ण भएर राजस्व बुझाएको केहि मिनेटमै सेवाग्राहीले अब कार्ड पाउनेछन्’ ।
लिखित र ट्रायल पास भएपछि मालिका इन कर्पोरेट कम्पनी सँग सम्झौता गरि कार्ड प्रयोगमा ल्याएको छ । एउटा कार्डको ५० देखी ६० रुपैयाँ खर्च लाग्ने कार्यालयका काफ्लेले बताए । उनका अनुसार यो खर्च कार्यालयले नै बेहोर्नेछ ।
भदौ २७ देखि असोज १३ सम्मको ट्रायलमा उत्तीर्ण भएकालाई पहिलो लटमा स्मार्ट कार्ड दिइने काफ्लेले बताए । दिनमा एक हजारमात्र कार्ड प्रिन्ट हुने भएकाले पहिलेको हरुलाईनै लाईशेन्स वितरणमा केहि समयलाग्ने जानकारी दिए ।