धनकुटा । चाड पर्वहरुमा कोरोना फैलन सक्ने खतरा बढेकोले सूर्य वहादुर थापा प्रतिष्ठानको संयोजनमा नेपाल कांग्रेस धनकुटाले छथर जोरपाटीमा दशै लगायतका चाड पर्वमा कोरोना फैलन नदिनका लागी स्वास्थ्य समाग्रीहरु आज वितरण गरेको छ ।
सूर्य वहादुर थापा प्रतिष्ठानको संयोजनमा र नेपाली कांग्रेस धनकुटा छथर जोरपाटीको आयोजनामा धनकुटा जिल्लाको छथर जोरपाटीमा नेपाली कांग्रेस वडा नं. १ का सभापती भोगेन्द्र थापा, वडा नं. २ का सभापती मान वहादुर पुलामी मगर, वडा नं.३ का सभापती छत्र लिम्बु, वडा नं. ४ का सभापती डिल्ली लिम्बु, वडा नं.५ का सभापती ढकल सिंह लिम्बु, वडा नं.६ का सभापती नविन श्रेष्ठ लाई कांग्रेसको वडा कार्य समितिको र वडामा रहेको स्वास्थ्य चौकीहरुका लागी स्वास्थ्य समाग्रीहरु प्रदान गरिएको छ ।
नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापा, अमामन्त्रि केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ, जिल्ला सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, महासमिति सदस्यहरु आनन्द सन्तोषी राई, मिन वहादुर कार्की, असित थापा, धनकुटा नगर कार्य समितिका सभापती नरेश श्रेष्ठ, छथर जोरपाटीका सभापती छत्र सुब्बा, सचिव पदम भट्राई लगायतले स्वास्थ्य समाग्रीहरु वितरण गदै शुभ कामना व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा नेपाली कांग्रेस धनकुटका जिल्ला सदस्यहरु विष्णु पौडेल, ज्ञान वहाुदर गुरुग, शान्ति खड्गा, पाख्रिवास नगर कार्य समितिका सभापती प्रेम भण्डारी, पूर्व जिल्ला सहसचिव राजन पौडेल, नेता भिष्म गुरुग, सचिव केशव चापागाई, नेपाल तरुण दल धनकुटका कार्यवहाक सभापती युवराज पराजुली, उपाध्यक्ष चिरञ्जिवि थापा, सन्तोष श्रेष्ठ, इन्द्र श्रेष्ठ, बाल कुमार विष्ट, तेज वहादुर विष्ट, बल वहादुर खड्गा लगायतले समेत शुभ कामन दिनु भएको थियो ।
नेपाली कांग्रेस छथर जोरपाटी कार्य समितिका सभापती छत्र सुब्बाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य सचिव केशव चापगाईले गर्नु भएको थियो भने कार्यक्रमको संचालन सचिव अर्का पदम भट्राईले गर्नु भएको थियो ।
चाड पर्वमा मानिसहरुको भिडभाड हुदै गएकाले कोरोना फैलन सक्ने खतरता बढेकोले दशै तिहार तथा आउदै गरेको चाड पर्वको अवसरमा आफन्तजनहरु चाड पर्व मनाउन घर फर्कने भएकोले कोरोना फैलन नदिनका लागी सुरक्षित साथ चाड पर्व मनाउनका लागी स्वास्थ्य तथा सुरक्षित समाग्रीहरु वितरण गरिएको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।