इटहरी । प्रदेश नं एकमा रहेको कोशी टप्पुमा रैथाने मकुना हात्ती मृत भेटिएको छ । आज कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयमा रैथाने हात्ती मृत फेला परेको हो ।
आरक्षका संरक्षण अधिकृत अशोक रामका अनुसार वन्यजन्तु आरक्ष क्षेत्रबाट साढे दुई सय मिटर पुर्व तिर हात्ति मृत फेला परेको हो । उक्त हात्ती करेण्ट लागेर मरेको थियो । हात्ती आरक्ष छेउको धानबारीमा मृत भेटिएको हो । रामका उनका अनुसार चरणको क्रममा धानबारीमा लगाइएको करेण्ट लागेर ज्यान गएको उन्नले बताए ।
हात्ती मृत फेला परेको नजिकै नांगो तार भेटिएको र धेरैले मार्न चाहेको भन्दै मारिएको हुनसक्ने आरक्ष नजिकैका वासिन्दा युवाले बताए । मकुनाको मृत्युले आरक्षलाई ठूलो क्षति पुगेको छ । मकुना केहि समय अधि अन्यत्र सार्ने समेत तयारी भएको थियो ।