काठमाडौं । आज काठमाण्डौं त्रिभुवन विमानस्थलमा धावनमार्गमा जाने क्रममा श्री एयरलाइन्सको जहाज चिप्लिएको छ ।
नेपालगञ्जका लागि उड्न लागेको ९ एनएएनएफ कल साइन भएको क्यु ४००–८ जहाज ट्याक्सीवेबाट चिप्लिएर घाँसतिर गएको छ । यो जहाजमा चालक दलका चार सदस्यसहित ८० जना रहेका थिए ।
विमानस्थल स्रोतका अनुसार जहाज कुनै किसमिको क्षति भएको छैन यात्रुलाई अर्को जहाजमा पठाउने तयारी भईरहेको छ ।
पार्किङ क्षेत्रमै गुड्दागुड्दै घाँसे मैदानतिर चिप्लिएको हो जहाज धावनमार्गमा जाने क्रममा थियो ।