कठमान्डौं । नेपालीहरुको महान चाड दशैंको अबसर पारेर नेपालका पूर्व राजा ज्ञानेन्द्र शाहले सम्पूर्ण नेपालीहरुलाई शुभकामना सन्देश व्यक्त गरेका छन् ।
पूर्व राज ज्ञानेन्द्रले शुभकामना दिने क्रममा नेपाल जस्तो मुलुकमा राजतन्त्रनै आवश्यक रहेको जिकिर गरेका छन् । उनले राजसंस्थाविना प्रजातन्त्र टिक्न नसक्ने बताएका छन् । दसैँको अवसरमा सम्पूर्ण नेपालीलाई सु–स्वास्थ्य लाभको कामना सन्देश जारी गर्दै नेपालजस्तो मुलुकमा राजसंस्थाविना प्रजातन्त्र नटिक्ने दाबी गरेका हुन् ।
नेपालको तत्कालीन परिस्थिति बेग्लै भएको र अहिलेको प्रजातन्त्र लाई टिक्न कठिनहुने भन्दै पूर्व राजाले यस्तो सन्देश जारी गरेका हुन् ।