रामधुनी । आदर्श उच्च माध्यमिक विद्यालयका भूतपूर्व विद्यार्थीहरुको आफुलाई शिक्षा दिने अवकाशप्राप्त ज्येष्ठ शिक्षकलाई सम्मान गर्ने भएका छन् ।
रामधुनी नगरपालिका वडा नम्बर ६ स्थित उक्त विद्यालयका भएको पूर्व विद्यार्थीहरुको भेलाले जेष्ठताका आधारमा तीनजना गुरुहरुलाई सम्मान गर्ने निर्णय गरेको हो ।
आफ्नो जीवनमा शिक्षाको उज्यालो भर्न र विद्यालयलाई आजको अवस्थामा ल्याउन महत्त्वपूर्ण योगदान दिएका गुरुहरुलाई सम्मान गर्न लागिएको पुर्व विद्यार्थी समेत रहेका विद्यालयका सह-प्रधानाध्यापक कमल कुमार श्रेष्ठले जानकारी दिए ।
सह-प्रधानाध्यापक श्रेष्ठले असोज २८ गते नवमीका दिन गुरुहरूलाई सम्मान गर्ने कार्यक्रम आयोजना गरिएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज २०७८/०६/२६का दिन श्री आदर्श मा.वि. बक्लौरीका पूर्व विद्यार्थीहरुको भेलाले २०७८/०६/२८गते नवमीका दिन यस विद्यालयबाट अवकाशप्राप्त ज्येष्ठ शिक्षकहरु मध्ये ३ जना श्री भिष्मप्रसाद काफ्ले, श्री परशुराम चौधरी र श्री राजकुमार आचार्यलाई पूर्व विद्यार्थीहरुको तर्फबाट सम्मानको कार्यक्रम बिहान ११ बजे राखिएको हुँदा यस विद्यालयका सम्पूर्ण पूर्व विद्यार्थीहरु तथा शिक्षक मित्रहरूमा उपस्थितिका लागि आमन्त्रण गरिएको छ।’
त्यसैगरि, भेलाले विद्यालयका पूर्व विद्यार्थी भिष्मराज महतको संयोजकत्वमा एघार सदस्य रहेको ‘आदर्श माध्यमिक भुतपूर्व विद्यार्थी मञ्च तदर्थ समिति’ गठन गरको छ ।
उक्त समितिका सदस्यहरुमा चुडामणी दाहाल, शेखर कार्की, ब्रज कुमार झा, विजय चौधरी, राम प्रसाद खतिवडा, मीनराज राई, प्रदिप राई, शुभद्रा प्याकुरेल, सुर्य खतिवडा र रेवतराज गुरुङ्ग रहेका छन् ।