सल्यान । घरायसी विवादमा सल्यानमा एक बाबुले आफ्नी छोरीको हत्या गरेका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडाका ५५ वर्षीय निमबहादुर कवर मगरले आफ्ना छोराको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले ‘निमबहादुरले धारिलो हतियार प्रयोग गरी ३३ वर्षीय रुपलालको हत्या गरेको’ बताए ।
दशैंको मासुको विषयलाई लिएर सामान्य घरायसी विवाद हुँदा मंगलबार राति करिब १० बजे निमबहादुरले रुपलाललाई हसिँयाले प्रहार गरेका थिए। सूचना अधिकारी पौडलका अनुसार निमबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ।