काठमाडौं । नेपालीहरुको महान पर्व बडा दशैंमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण नेपालीहरुमा शुभकामना दिनुभएको छ ।
अहिलेको समाजमा बढीरहेको कोरोना महामरीलाई मध्यनजर गरी सामाजीक दुरी कायम गरी तथा कोरोना बिरुद्धका सबै नियम पालना गरेर चाड मनाउन अनुरोध समेत व्यक्त गरें ।
उहाँले नेपालका सबै धर्मले मनाउने आफ्ना आफ्ना सांस्कृतिक पर्वहरूले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पु¥याउँदै आएको जानकारी दिदै यि सबै सांस्कृतिक पर्वहरु उल्लासका सथ मनाउन शुभकामना सन्देश दिए ।
बडादसैँको अवसरमा शुभकामना सन्देश दिँदै देउवाले हाम्रो मौलिक पहिचान नै हाम्रो धर्म सांस्कृति भएकाले सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताको संरक्षण र विकास गर्नु साझा दायित्व रहेको जानकारी दिएका छन् ।
कोरोना जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पालना गरेर दसैँ पर्व मनाउन आम नेपालीलाई आग्रह गर्दै दसैं पर्वले सम्पूर्ण नेपालीको मुहारमा खुसी ल्याउन सकोस् र राष्ट्रिय एकताको भावना अझ विकास गर्न सकोस् भन्ने सन्देश दिए ।







