झापा । हावाहुरीसहित परेको पानीले मोरङ, झापाका किसानहरु मार्कमा परेका छन् ।
गए राति देखि लगातार परेको वर्षा र वर्षासँगै आएको हावाहुरीले पाकिसकेको धानमा क्षति पुगेपछि किसानहरु मार्कमा परेका हुन् ।
हावाहुरीले धान पुरै ढालेको छ भने कतिपय स्थानमा काटेर पाँजा लगाइ राखेको धानमा समेत क्षति पुगेको छ ।
किसानहरु भन्छन् ,‘पाकेको धान भित्र्याउन नपाउँदा वर्षाले सबै नष्ट गरिदिएको छ, खेतमा पाँजा लगाई राखेको धान पनि ढुवानमा परेको छ ।
दशैं छेका खेताका गरामा पहेँलै देखिएका खेत अहिले पानीले डुबेर टिलपिल छ ।
बिर्तामोड, झापा, मेचीनगर, कन्काई, गौरादह, गौरीगंज, हल्दिबारी, लगायतका क्षेत्रमा गए रातिदेखि भारी वर्षा परेको थियो ।
स्थानीय किसान भन्छन्, ‘हावाहुरीसहित आएको पानीले धान नष्ट गरेको छ,’ हुरीवतासले सबै धानलाई ढलेको र पानीले सबै ढलेको धान भिजाएकोले अब पनी वर्षा नरोकिए धान फेरी खेतमै उम्रिन्छ,’ उनले भने ।