इनरुवा । कोसी ब्यारेजबाट सप्तकोशी नदीमा एक पुरुष बेपता भएका छन् । सुनसरीको कोशी गाउँपालिका ८ स्थित कोशी बराजबाट सप्तकोशी नदीमा हामफालेका एक पुरुष नदीमा बेपता भएका हुन् ।
इटहरी उपमहानगरपालिका १ बस्दै आउनुभएका ५८ वर्षिय तिलकप्रसाद दाहाल सप्तकोशी नदीमा शनिबार हाम फालेर बेपता भएको प्रहरीले जनाएको हो ।
कोशी ब्यारेजको १३ नम्बर ढोका नजिकैको ३६ प ९२५५ नम्बरको मोटरसाइकलमा आएका दाहालले नदीमा हामफालेका दाहालको खोजीकार्य भइरहेको प्रहरी चौकी कोशी व्यारेजका असई तारा चुँडालले बताए ।
चुँडालका अनुसार दाहालको मोटरसाइकल, चप्पल र पर्स भेटिएको छ । पर्समा ५८ वर्षिय तिलकप्रसाद दाहाल नाम गरेको परिचयपत्र फेला परेको छ । ढोकाको १३ नम्बर गेटमा आएर परिवारका सदस्यलाई फोन गरेर नदीमा हामफाल्न लागेको जानकारी गराएको प्रहरीको भनाइ छ ।
प्रहरीकाअ नुसार सो सूचना पाएसँगै १३ नम्बर गेटमा आएर हेर्दा मोटरसाइकल चप्पल र पर्स फेला परेपछि अहिले दाहालको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।