काठमाडौं । नेपाल प्रहरीले ११ जना अफगान नागरीकलाई आज काठमाण्डौंको सिनामंगलबाट नियन्त्रणमा लिएको छ ।
उनिहरु सुनौली नाकाहुदैं नेपाल छिरेका थिए । नेपालको (सिआई) केन्द्रीय अनुसन्धान ब्यूरोकोे टोलीले आज सिनामंगलको एक घरबाट नियन्त्रणमा लिएको हो ।
केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई अध्यागमन कार्यालयमा बुझाउने तयारी गरिरहेको जानकारी दिएको छ । अफगानिस्तालाई तालिबानले कब्जा गरे सँगै उनिहरु भागेर भारत प्रवेश गरेका थिए । भारतीय नाकाहरुबाट अफगानीहरु नेपाल छिराउने क्रम बढेको सूचना पाएपछि गृह मन्त्रालयले नाकामा कडाई गर्न थालेको नाका प्रमुखले जानकारी दिएका छन् ।