कठमाण्डौं । नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
हिजो शुक्रबार रातिबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल, मट्टिते र खाना पकाउने ग्यासको मूल्यमा वृद्धि गरेको हो ।
पेट्रोल प्रतिलिटर १२८.८० बाट बढाएर १३१.८० रुपैयाँ पुगेको छ । डिजेल÷मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले नै बढेर ११६ रुपैयाँ पुगेको छ ।
एलपी ग्यासको बिक्री मूल्यमा प्रति सिलिण्डर ५० रुपैयाँले वृद्धि गरी १ हजार ५०० रुपैयाँ प्रतिसिलिण्डर कायम गरिएको छ ।