कठमाण्डौं । काठमाण्डौंका अधिकांश सुनपसलहरु आज फूलै फूलको मालाले सजिएको छ ।
धनतेरस भनेर चिनिने आजको यस दिनमा सुनचाँदीका सामान बढी खरिद हुने दिन भएकाले पनि आज काठमाण्डौं का धेरै पसलहरुलाई फूलै फूलले सजिएको देख्न सकिन्छ ।
कठमाण्डौं मात्रै नभएर आज देशका अधिकांश शहरमा फूलका मालाले सुन पसलहरु सुसज्जित पारिएका छन् । काठमाण्डौं का एक व्यवसायिका अनुसार व्यापारीहरुले खास ग्राहकलाई आकर्षित पार्न सुनचाँदी पसलहरु सजाउने गरेका हुन ।
गत वर्ष कोरोना भाइरसका कारण कम देखिएका ग्राहक यस पलि भने अत्याधिक बढेकोे नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए । ‘गत वर्ष कोरोना भाइरसका कारण सुनचाँदीको कारोबार कमी थियो,’ उनले भने, ‘यसपाली गत वर्षको भन्दा अल्लि बढी भीडभाड देखिएको छ ।
वर्षको यस दिन सुनचाँदी पसलेहरुले आफ्ना ग्राहकहरुलाई सुभकामना सन्देश समेत पठाउने गरेको पाईन्छ । सुनचाँदी व्यवसायीले तनतेरसका दिन शुभकामना दिँदै आफ्ना ग्राहकलाई एमएसएस पठाउने गर्छन् ।