ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

किसानको आकर्षण ‘छरुवा धान’ खेतीमा – ‘ब्याड राख्नुपर्दैन, बीउ उखेल्न र रोप्न पनि पर्दैन’

एक विगहामा १० हजारदेखि १५ हजार रुपैयाँसम्म बचत

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ असार ८ गते, १४:५१ बजे
किसानको आकर्षण ‘छरुवा धान’ खेतीमा – ‘ब्याड राख्नुपर्दैन, बीउ उखेल्न र रोप्न पनि पर्दैन’
35
SHARES
Share on FacebookShare on Twitter

बेलौरी, ८ असार । बेलौरी नगरपालिका—६ हात्तीबोझाका आसारेराम वडायकले परम्परागत तरिकाबाट धानखेती गर्न छोडेका छन्। सुदूरपश्चिम प्रदेशमा अधिकांश किसानहरूले परम्परागत तरिकाबाट धानखेती गर्नका लागि अहिलेसम्म बीउ राख्न पाएका छैनन्। तर, ब्याड नराखी सिधै धान फलाउने योजनामा उनि छन्।

कम खर्च र लागतमा बढी उत्पादन दिइने भएपछि उहाँ छरुवा प्रविधिमा आधारित धानखेती गर्ने योजनामा हुनुहुन्छ । विगत पाँच वर्षदेखि वडायकले छरुवा (डिएसआर) प्रविधिबाट धान खेती गर्दै आउएका छन्।

सुरुमा एक विगहा क्षेत्रफलमा गरिएको छरुवा धान खेतीबाट कम लागतमा बढी उत्पादन दिएपछि अहिले उहाँले यसलाई पाँच विगहा क्षेत्रफलमा विस्तार गरेका छन्। ‘विगत दुई वर्ष यो विधिबाट खेती गर्न सिक्यौं’, उनले भने, ‘आधुनिक स्रोत संरक्षण प्रविधिबाट खेती गर्दा उत्पादन बढ्दै गएको छ।’

सिसा परियोजनाबाट तालिम लिएपछि अहिले आफू छरुवा प्रविधिबाट धानखेती गर्नेतर्फ आकर्षित भएको उनले बताए। यो प्रविधिबाट उनले सावाँ मन्सुली, सर्जु—५२, बहुगुणी—२, सिल्की—२७७ र राधा—४ जातको धान लगाएका छन्।

परम्परागत तरिकाबाट हिल्याएर रोपाइँ गरी लगाइएको धानखेतीभन्दा छरुवा प्रविधिबाट लगाइएको धानखेतीको उत्पादन १५ देखि २० प्रतिशत बढी हुने उनको भनाइ छ। ‘गतवर्ष छरुवा प्रविधिबाट एक विगहा क्षेत्रफलमा लगाइएको हर्दिनाथ धानको उत्पादन ४५ क्वीन्टल भएको थियो’, उनले भने, ‘परम्परागत तरिकाबाट खेती गर्दा सोही क्षेत्रफलमा मुस्किलले १० क्वीन्टल धान उत्पादन हुन्थ्यो।’

परम्परागत तरिकाको खेतीले जीविकोपार्जनमै ठिक्क हुने भएकाले नयाँ प्रविधि अपनाएको उनको भनाइ छ । ‘बुवा–बाजे पनि किसान हुनुहुन्थ्यो । उहाँहरुले जीविकोपार्जनका लागि मात्रै खेती गर्नुभयो’, उनले भने, ‘मैले धानखेतीलाई व्यवसायिक बनाउने योजना बनाएको छु।’

धानखेतीलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्न सक्यौं भने प्रतिवर्ष उत्पादनमा वृद्धि हुँदै जाने उनको विश्वास छ। थोरै समय, लागत र जनशक्तिबाट नै धान खेती गर्न सकिने हुँदा यो प्रविधि किसानका लागि उपयुक्त हुने उनको भनाइ छ। ‘यो तरिकाबाट खेती गर्दा ब्याड राख्नुपर्दैन, बीउ उखेल्न र रोप्न पनि पर्दैन’, उनले भने, ‘एक विगहामा १० हजारदेखि १५ हजार रुपैयाँसम्म बचत हुन्छ।’

यो प्रविधिमा सिड ड्रिल मेसिनबाट सिधै खेतमा धान छरिन्छ । छरुवा धान प्रविधिबाट खेती गर्दा समय, पैसा र इन्धनको समेत बचत हुने हुँदा यो प्रविधि प्रवद्र्धन गर्नुपर्ने अर्का किसान खडक चौधरीको भनाइ छ। परम्परागत तरिकाभन्दा यो प्रविधिबाट खेती गर्दा श्रमशक्तिमा २५ देखि ३० प्रतिशत र पानीमा २० प्रतिशतसम्म बचत हुने उनको भनाइ छ।

पछिल्लो समय कैलालीमा उनिजस्तै धेरै किसानले छरुवा धान खेती प्रविधि अपनाउन थालेका छन्। थोरै समय, लागत र जनशक्तिबाट नै धान खेती गर्न सकिने हुँदा यो प्रविधि किसानको रोजाइमा परेको बेलौरी नगरपालिका कृषि शाखाका कृषि प्राविधिक हरिश सेटीले बताए।

‘उचित समयमा झारपात व्यवस्थापन गरे उत्पादन बढ्छ’, उनले भने, ‘अहिले समय, पैसा र इन्धनको अभाव छ । त्यसैले हामीले यो प्रविधिलाई जोड दिएका हौँ।’

सुरुमा बेलौरीका दुई जना किसानले यो प्रविधिबाट धान खेती गर्दै आएकोमा पछिल्लो समय सात जनाभन्दा बढी किसानले यो प्रविधि अपनाएका छन्। कम मल र बीउबाट पनि बढी उत्पादन गर्न सकिने उनले बताए।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist