कठमाण्डौं । दशैंतिहारको बिचमा सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनाका ८१ वटा घटना सार्वजानीक भएको छ ।
दशैं सुरु भए यता सुदूरपश्चिम प्रदेशमा असोज २१ गतेदेखि कात्तिक २१ गतेसम्म ८१ सवारी सवारी दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ, भने उक्त दुर्घटनामा १८ जनाको मृत्यु भएको र एक सय १३ जना घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
दुर्घटनामा पर्ने मध्येमा सबैभन्दा बढी मोटरसाइकल रहेको छ । ४९ वटा मोटरसाईकल, १४ वटा जीपकार, चार वटा टेम्पो, तीन वटा ट्याक्टर, दुई वटा बस र बाँकी अन्य सवारी साधन रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
चाडपर्वका समयमा बढी चापहुने र साना सवारीमा यात्रा गर्नु पर्ने बाध्यता रहेको छ । यसरी साना सवारीमा यात्रा गर्दा बढी दुर्घटनामा परेको पाइएको छ ।
मादक पदार्थ सेवन गरी सवारी हाँक्ने, सडक साघुँरा र खाल्डाखुल्डी भएका कारण, यातायात सञ्चालकले जथाभावी यात्रु चढाउने र ओराल्ने, सवारीको क्षमताभन्दा बढी यात्रु राख्ने जस्ता कारणले गर्दा दुर्घटना भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।







