काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियमित स्वास्थ्योपचारका लागि भैँसेपाटीस्थित मेडिसिटी अस्पताल गएका छन् ।
दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार दौडधुपका कारण अध्यक्ष दाहालको रक्तचाप बढेकाले उपचारका लागि मेडिसिटी गएका हुन् ।
‘डोल्पा र भोजपुरमा केही कार्यक्रममा सहभागी भएपछि उहाँको स्वास्थ्यमा सामान्य समस्या आयो’, उनले भन्नुभयो, ‘त्यही भएर नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जानुभएको हो ।’ स्वकीय सचिव मल्लका अनुसार प्रचण्ड उपचारपछि आजै साँझ नै घर फर्कनुहुने बताए ।







