सुनसरी । नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनबाट सुनसरी सभापति केदार भण्डारीले १४२२ मत ल्याई निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी सञ्जयप्रसाद श्रेष्ठले १३०९ मत ल्याई पराजित भएका छन् ।
उपसभापतिमा १३३५ मत ल्याई नगेशचन्द्र राई र १३१२ मत ल्याई पंकजकुमार महतो निर्वाचित भएका छन् । गफार मिया अन्सारीले १२९७ मत र महेश दत्तले ११६६ मत ल्याई पराजित भएका छन् । उनीहरू नगेशचन्द्र राई र पंकजकुमार महता प्रतिद्वन्द्वी थिए ।
त्यसै गरी सचिव पदमा विरेन्द्रकुमार र माधवकुमार घिसिङले क्रमश ः १४६७ र १२२९ मत ल्याइ निर्वाचित भएका छन् भने उनीहरूका प्रतिद्वन्द्वी रन्जेश भट्टराईले १२२८ र प्रमोद पोखरेलले १०९२ मत ल्याई पराजित भएका छन् ।
सहसचिव पदमा भने गणेश सुब्बाले १३०५ र मनिषकुमार रायले ११७७ मत ल्याई निर्वाचित भएका छन् ।







