ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

प्रदेश १ – सभापतिको टिकटमा कोइरालाको सम्भावना

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ मंसिर १६ गते, १२:४२ बजे
प्रदेश एकमा कांग्रेसको मजबुती र लोकतान्त्रिक पद्धतिको सुदृढीकरण मेरो परम उद्देश्य हो : नेता कोइराला
66
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश एकको सभापति पदमा संस्थापन इतर पक्षबाट प्रदेश सभा एकमा कांग्रेस संसदीयदलको नेता समेत रहेका राजीव कोइरालाले टिकट पाउने सम्भावना बढेको छ ।

कांग्रेस संस्थापन इतर पक्षका एक नेताका अनुसार कोइराला पक्षबाट प्रदेश एकको सभापतिको उमेद्वारमा कोइरालाको सम्भावना बढेर गएको हो ।

संस्थापन पक्षले बुधवार राति नै उमेद्वारको टुंगो लगाईसकेको छ भने इतर पक्षमा भने अहिलेसम्म उमेद्वारको टुंगो लागेको छैन ।  उमेद्वारको टुंगो लगाउन संस्थापन इतर पक्षका नेताहरु महेश आचार्य, डा. शेखर कोइराला, मिनेन्द्र रिजाल लगायतका नेताहरुको बैठक विराटनगरमा बसिरहेको छ ।

एक कांग्रेस नेताका अनुसार उनीहरुमध्ये को उम्मेदवार बन्ने विवाद जस्तो देखिएपनि उमेद्वार घोषणा गर्ने समय नजिकिंदै गर्दा कोइरालाले टिकट पाउने सम्भावना बढेर गएको छ । नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘गुरुराज घिमिरेलाई केन्द्रिय सदस्यको उमेद्वार बनाउने र राजीव कोइरालालाई प्रदेश सभापतिको टिकट दिने सम्भावना हुनसक्छ ।’

नेता राजीव कोइराला र पार्टी केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय सभापति गुरुराज घिमिरे आकांक्षी रहेकोमा घिमिरे आफैं उमेद्वार छनौट समितिमा छन् ।

टिकटको दौडमा रहेका नेता कोइरालालाई टिकटको विषयमा जिज्ञासा राख्दा उनले यस बिषयमा नेताहरु बीच विराटनगरमा छलफल भइरहेको र आफुले समेत उक्त विषयमा बैठक पछि मात्र भन्न सक्ने बताए । उनले भने, ‘आज बेलुका सम्ममा उम्मेदवार फाइनल हुन्छ । बैठक पछिमात्र केहि भन्न सकिन्छ । धैर्य गरौँ  ।’

कांग्रेसको प्रथम प्रदेश १ समितिको अधिवेशन आज विहीबार प्रदेश १ को राजधानी बिराटनगरमा सुरु भएको छ । भोलि शुक्रबार मतदाता नामावली प्रकाशन हुने र शनिबार चुनाव हुने तयारी छ ।

उक्त पदका लागि संस्थापन पक्षबाट उद्दव थापा उम्मेदवार बन्ने तय भएको छ । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटाैलाका साझा उम्मेदवारका रूपमा थापालाई अगाडि सारिएको छ । थापा नेपाली कांग्रेस झापाका निवर्तमान सभापति हुन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist