काठमाडौं, २७ । काठमाडौंमा जारी नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदका उम्मेदवार शेरबहादुर देउवा, प्रकाशमान सिंह र शेखर कोइरालाले मतदान गरेका छन् ।
आज भइरहेको निर्वाचनमा देउवाले सुदूरपश्चिम बुथ, सिंहले वागमती प्रदेशको बुथ र कोइरालाले प्रदेश नम्बर १ को बुथबाट मतदान गरेका हुन् । उनिहरुले काठमाडौंको भृकुटीमण्डप स्थित राष्ट्रिय सभागृहको मतदान केन्द्रमा मतदान गरेका छन् ।