काठण्माडौं । नेपाली कांग्रेसको सभापतिका डाक्टर शेखर कोइरालाले देउवालाई कडा रुपमा चुनौति दिदैं अब पनि अहिलेकै जसरी पार्टी चल्नु नहुने जानकारी दिएका छन् ।
कोइरालाले अहिलेकै जस्तो बेथिति रहे चुप लागेर नबस्ने चेतावनी दिदैं कोइरालाले आफूहरु भागवण्डा र गुटबन्दीको राजनीतिमा नलाग्ने जानकारी दिए । उनले भने ‘हामी भागवण्डा र गुटबन्दीको राजनीतिमा लाग्दैनौँ, राम्रो काम गर्दै गयौं भने उहाँहरुलाई आफैं सोच्न बाध्य बनाउँछौं,
युवा पुस्ताका लागि पार्टीमा अवसरको ढोका खोलेको दाबी गर्दैे भन्दै ‘कोइरालाले अब गाउँघरमा बस्दा नेपाली कांग्रेसको हुँ भनेर बस्न सक्ने अवस्था पैदा भएको छ, ।
आफूले हारलाई स्वाभाविकरुपमा लिएको भन्दै, सभापति देउवालाई बधाई र चार वर्षे कार्यकालको शुभकामना दिए ।
उनले देउवालाई पार्टीलाई नयाँ ढंगले चलाउन सुझाव दिदै, भने ‘जसरी साढे पाँच वर्ष बेथितिका हिसाबले पार्टी चल्यो, त्यसरी चल्न थाल्यो भने हामी सशक्त रुपमा उठ्ने छौँ,’







