काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तीन क्लस्टरबाहेक सबैको नतिजा सार्वजनिक भइसकेको र खस आर्य, दलित र आदिवासी जनजाति तगणना अन्तिम चरणमा पुगेको छ ।
निर्वाचन समिति सदस्य तेज रावलले दिएको जानकारी अनुसार खस आर्य, दलित र आदिवासी जनजातिको नतिजा सार्वजनिक हुन बाकिँ छ । उनका अनुसार १२६ पदको नतिजा सार्वजनिक भइसकेको छ । बाँकी रहेको मतगणना आज बिहान १० बजेदेखि सुरु गरिने पनि रावलले जानकारी दिएका छन् ।
गत मंसिर २४ गते भएको महाधिवेशनको उद्घाटनमा त्यसको तीन दिनपछि मंसिर २७ गते नयाँ नेतृत्वका लागि निर्वाचन भएको थियो । कांग्रेसमा १३ पदाधिकारीसहित १३४ पदमा निर्वाचन भएको थियो ।







