काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै एमसिसि आत्मा घाति नभएको बताएका छन् ।
उक्त समारोहमा बोल्दै देउवाले गठबन्धनमा शंका नगर्न सबैलाई अनुरोध गरेका हुन् । देउवाले ‘अहिलेको गठबन्धन कसैको विरुद्धमा बनेको होइन, भन्दैे शंका नगर्न अनुरोध गरेका छन् । देउवाले संविधान अनुसार संसद चलोस् भन्ने पुनित लक्ष्यका साथ बनेको हो’,भन्दै अहिलेको संविधानबाट संसद् बीचमा भंग नहोस् भनेका छन् ।
प्रधानमन्त्री देउवाले सबैलाई एमसीसी राष्ट्रघाति नभएको र एक पटक सम्झौता पढ्न सबैलाई सुभाव दिएका छन् ।
आफू देशको प्रधानमन्त्री भएकाले राष्ट्रको विपरीत नजाने भन्दै ‘म राष्ट्रको प्रधानमन्त्री हुँ, म राष्ट्रको खिलापमा जाउला र ?’, उहाँले भन्नुभयो, ‘ एक पटक एमसीसी पढ्नुहोस् ।’