एजेन्सी । वैदेशिक रोजगारका लागि साउदी पुगेका ७० नेपाली युवा युवती साउदीको खोबरमा अलपत्र परेका छन् । उनिहरुका अनुसार उनिहरु विगत ९ महिना देखि त्यहाँ अलपत्र परेका छन् ।
उहिनहरु काठमाडौंस्थित सिनेट इन्टरनेशनल म्यानपावरमार्फत विगत ३० महिनाअघि त्यहाँ पुगेका थिए । कम्पनीमा कार्यरत उनीहरुलाई कम्पनीले तलब नदिँदा आफूहरु समस्यामा परेको अलपत्र परेकामध्ये एकले जानकारी दिए । साउदीको जुबेलमा रहेको साश कम्पनीमा उनिहरु कार्यरत थिए ।
उनिहरु अहिले ठूलोे समस्या परेको र, विगत ९ महिनादेखि तलब पनि नपाएका कारण समस्या अझै धेरै भएको एजेन्सीले जानकारी दिएको छ ।
४ महिनादेखि बेरोजगार भएर क्याम्पमा बसेका उनिहरुलाई कम्पनीले बनाइदिनुपर्ने बहिर्गमन भिसा पनि नदिँदा अहिले अलपत्र अवस्थामा छन् ।
एजेन्सीका अनुसार उनीहरुलाई एजेन्ट सुरेन्द्र खनाल यहाँको कम्पनी मिलेर आफूहरुमाथि उल्टै दबाव दिने तथा थर्काउने गरेको उनीहरुले बताएका छन् ।
४ महिनाअघि रियादस्थित नेपाली दूतावासलाई जानकारी गराए तर साउदी सरकारी उच्च निकायसम्म पहुँचै नहुदाँ दूतावासले केहि गर्न नसकेको आरोप लगाएका छन् ।
उनिहरुले वैदेशिक रोजगार विभाग, श्रम मन्त्रालय, नेपाली दूतावासलगायत सम्बन्धित निकायलाई अनुरोध गरेपनि कतैबाट केहि नभएकोले उनिहरु झन मार्कामा परेका छन् ।







