ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

पत्रकारको व्यावसायिक क्षमता अभिबृद्दीमा फोटो पत्रकारिता प्रशिक्षण उत्कृष्ट सावित

प्रेस युनियन सुनसरीद्वारा नि:शुल्क फोटो पत्रकारिता प्रशिक्षण

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ माघ १८ गते, १८:५० बजे
पत्रकारको व्यावसायिक क्षमता अभिबृद्दीमा फोटो पत्रकारिता प्रशिक्षण उत्कृष्ट सावित
32
SHARES
Share on FacebookShare on Twitter

इटहरी । सुनसरी र मोरङलाई कर्मथलो बनाएर व्यवसायिक पत्रकारिता गर्दै आएका पत्रकारहरुलाई फोटो पत्रकारिताको माध्यमबाट समाजलाई सुशुचित गर्न सक्ने सिप प्रदान गर्ने उद्धेश्यले सुनसरीको इटहरीमा एक दिने निःशुल्क फोटो पत्रकारिता प्रशिक्षणको आयोजना गरिएको छ ।

नेपाल प्रेस युनियन सुनसरीले राष्ट्रिय फोटो पत्रकार समुह काठमाडौंसंगको सहकार्यमा पत्रकारहरुलाई फोटो पत्रकारितामा अझ दक्षता प्रदान गर्ने उद्धेश्यले प्रशिक्षणको आयोजना गरिएको हो । प्रशिक्षण कार्यक्रम पछि बोल्दै कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार अर्जुन सुवेदीले कार्यक्रमले आफुलाई फोटोग्राफीमा आफ्नो अवस्था कस्तो रहेछ भन्ने थाहा दिएको बताए । उनले भने, अहिलेसम्म फोटोग्राफीका बारेमा राम्रो जानकारी नै नभएको आफुलाई महसुस भएको छ। यो तालिमले फोटो पत्रकारिताको कखरा सिकाएको छ।´

पत्रकार सुवेदीले पत्रकारलाई व्यावसायिक रुपमा सबल बनाउन र पेशागत दक्षता अभिबृद्दी गर्न मद्दत पुर्याएको बताए। त्यसैगरी, ग्यालेक्सी टेलिभिजनका पत्रकार प्रकाश तिम्सिनाले प्रशिक्षण कार्यक्रमले आफुलाई व्यावसायिक रुपमा फोटो पत्रकारिता गर्न मद्दत पुगेको बताए। उनले भने, `प्रेस युनियनले सारै राम्रो काम गरेको छ।

पत्रकारलाई व्यावसायिक रुपमा सबल बनाउन यो प्रशिक्षणले महत्त्वपूर्ण सहयोग गरेको छ।´ पत्रकारको प्राविधिक र व्यावसायिक क्षमता अभिबृद्दी गर्ने यस्ता कार्यक्रम प्रेस युनियनले मात्र नभएर अन्य संघ संगठनले पनि ल्याउनु पर्नेमा तिम्सिनाको जोड थियो। कार्यक्रममा बोल्ने अन्य प्रशिक्षार्थीहरुले समेत यस्ता प्रशिक्षण कार्यक्रम निरन्तर रुपमा संचालन हुनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रम राष्ट्रिय फोटो पत्रकार समुहका अध्यक्ष प्रदिपराज वन्तको प्रमुख आतिथ्य तथा नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीको अध्यक्षता रहेकोे प्रशिक्षण कार्यक्रममा ३० जना विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकारहरु प्रशिक्षार्थीका रुपमा सहभागी रहेको थियो । प्रशिक्षण कार्यक्रममा कस्तो विषय वस्तु समेटेका दृष्य खिच्ने, कसरी खिच्ने देखि प्रकासमा आइसकेपछि त्यसले पार्ने प्रभाव लगायतका विषयमा राष्ट्रिय फोटो पत्रकार समुहका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी वन्तले सहजिकरण गरेका थिए ।

त्यसैगरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भिषण राईले फोटो क्याप्सन लगायतका विषयमा सहजिकरण गरेका थिए । सुनसरीका पत्रकारहरुका लागि कोरोना कहरका समयमा ,दुर्घटना विमा , खाद्यान्न राहत ,स्वास्थ्य सुरक्षा सामाग्री मास्क ,सेनिटाइजर लगायतका सामाग्री वितरण देखि संक्रमित वन्न पुगेका पत्रकारहरुलाई मोवायल डाक्टर कार्यक्रम सञ्चालन गरेर संक्रमितको घरघरमा औषधि उपचार व्यवस्था मिलाउने काम विगतमा गरिएको स्मरण गर्दै नेपाल प्रेस युनियन सुनसरीले पत्रकारहरुको दक्षताका लागि समेत तालिम प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना अनुसार प्रशिक्षण राखिएको अध्यक्ष पवन अधिकारीले वताए ।

प्रशिक्षण कार्यक्रमको उद्धघाटन सत्रमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का ,इक्वाल अहमद , प्रदेश सचिव सन्तोष यादव , नेपाल प्रेस युनियन प्रदेस सचिव धनवहादुर पुरी , नेपाल पत्रकार महासंघका उपाध्यक्ष गणेश निरौला , प्रेस युनियन सुनसरीका उपाध्यक्ष सन्जिव वाग्ले र बरिष्ठ फोटोग्राफर विसप ताम्राकार लगायतले कार्यक्रमको प्रभावकारिताका विषयमा आफ्नो धारणा राखेका थिए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist