काडमाण्डौं । आज तामाङ समुदायले मनाउने सोनम ल्होसार अर्थात यो पर्व तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्छन् । यस दिनको अवसरमा तामाङ समुदायले विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ ।यो पर्व हरेक वर्ष माघशुक्ल प्रतिपदाका अवसरमा मनाईने गरीन्छ ।
यसै पर्वका अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुप्कमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शुभकामना व्यक्त गरेका छन् ।
यस पर्वलाई तामाङ समुदायले कूल पुजा र प्रकृति पुजा गर्दैे विशेष उत्सवका रुपमा मनाउने गरेका छन् । यो समुदायले समूहगतरुपमा शुभकामना आदानप्रदान गर्दै मिठो मसिनो खाने र रमाइलो गरी यो पर्व मनाईने गरिन्छ ।







