काठमाडाैँ । नेपाल शिक्षक संघ पाख्रिवासको अधिवेशनले राजेन्द्र धमलालाई अध्यक्षमा चयन गरेकाे छ ।
उक्त अधिवेशनको उद्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्व मन्त्री सुनिल वहादु थापाले शिक्षकहरु उज्यालोको प्रतिक भएको वताएका छन् । उनले बैज्ञानिक र व्यावसायीक शिक्षामा सवैले जोड दिनु पर्ने वताएका छन् ।
उद्घाटन कार्यक्रममा नेपाल शिक्षक संघका १ नम्वर प्रदेश उपाध्यक्ष गंगाराम ढुंगाना, नेपाली कांग्रेस धनकुटका सचिवद्धय विजय सन्तोषी राई, जयन्द्र घिसिङ्ग, जिल्ला सदस्यहरु ज्ञान वहादुर गुरुङ्ग, निलम थापा, अम्विका धमला, पाख्रिवास नगर कार्य समितिका सभापती प्रेम भण्डारी, सचिव सन्तोष मानन्धर, यूवा नेता मदन घिमिरे, वडा नं. ५ का वडा सचिव दिपेश थापा, नेपाल शिक्षक संघ धनकुटाका अर्थ सचिव रोहिणी पाण्डे, केन्द्रीय प्रतिनिधि दिपेन्द्र राई नेपाल मगर संघका धनकुटा अध्यक्ष लेख वहादुर गाम्छाकी लगायतले समयानुकूल शिक्षा नीति परिर्वतन गर्नुपर्नेमा जोड दिनु भयो । कार्यक्रमको संचालन शिक्षक नेता दिपेन्द्र राईले गर्नु भएको थियो ।
उक्त अधिवेशनले नेपाल शिक्षक संघ पाख्रिवास नगरको अध्यक्षमा राजेन्द्र धमला, महिला उपाध्यक्ष दिपकला तामाग, उपाध्यक्ष खुल्ला याोगेन्द्र तिम्सिना, सचिव हर्क वहादुर मगर, सचिव अर्थ सुमन श्रेष्ठ, सहसचिव हेम कुमार धमला, सहसचिव महिला दुर्गा अधिकारी, सहसचिव अर्थ लोक वहादुर थापा, सहसचिव समावेशी सोमराज तामाग, खुल्ला सहसचिव झमक वहादुर कार्कीलाई चयन गरेको छ ।
यसैगरी सदस्यहरुमा ललिता ताम्ली, चन्द्रकला धमला, सर्मिला राई, प्रदिप थपा, बिनुता राई बाबुराम थापा र चिरञ्जिवि आर्चायलाई चयन गरेको केन्द्रीय प्रतिनिधि दिपेन्द्र राईले वताएका छन् ।