ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

सशस्त्र प्रहरीको सांगठनिक संरचना परिमार्जन – कुन दर्जालाई कति फाईदा ?

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ फाल्गुन १८ गते, ६:२७ बजे
अटोमेटिक पेस्तोल सहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ
20
SHARES
Share on FacebookShare on Twitter

 

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलको सांगठनिक संरचनालाई परिमार्जन गरेको छ । सशस्त्र प्रहरी बलले लामो समयदेखि सांगठनिक पुनर्संरचना गर्न अनुरोध गर्दै आएकोमा ‘सशस्त्र प्रहरी बल नेपालको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन–२०७८’ सरकारले स्वीकृत गरेको हो ।

सो स्वीकृत प्रतिवेदन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको राष्ट्रिय किताबखाना (प्रहरी)ले १५ फागुनमा सशस्त्र प्रहरी मुख्यालयलाई पठाइसकेको बताईएको छ ।

पछिल्लो सांगठनिक पुनर्संरचनाले विशेषगरी मध्यम तहका सशस्त्र प्रहरी अधिकृतको वृत्तिविकासमा ठूलो मद्दत पुग्ने देखिएको छ । लामो समयदेखि एउटै पदमा बसिरहँदा देखिएको नैराश्यता अन्त्य गर्न पनि परिमार्जित सांगठनिक संरचनाले ठूलो सघाउ पुग्नेछ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको कार्यकालको ठूलो उपलब्धीका रूपमा यसलाई लिइएको छ ।

‘सशस्त्र द्वन्द्वका बेला स्थापना भएको सशस्त्र प्रहरीमा त्यसबेला छोटोछोटो समयको फरकमा ठूलो संख्यामा इन्सपेक्टर भर्ना गरिएको थियो तर माथिल्लो तहमा दरबन्दी कम भएकाले उनीहरूको बढुवालगायत वृत्तिविकासमै ठूलो असर पर्दै आएको छ, परिमार्जित संरचनाले यसलाई केही हदसम्म सम्बोधन गर्नेछ, उनीहरूमा हौसला वृद्धि हुनेछ,’ सशस्त्र प्रहरी प्रवक्ता कामु एसएसपी कमल तिमसिनाले भने ।

सांगठनिक संरचना परिमार्जित गर्ने क्रममा सशस्त्र प्रहरी बलको कुल जनशक्ति ३७ हजार १ सय १६ बाट ६२ घटाई ३७ हजार ५४ कायम गरिएको छ । जनशक्ति घटाउने क्रममा केही पद बढाइएको र केही घटाइएको छ । यस्तै, १ सय ७४ वटा विभिन्न दरबन्दी कटौती गरिएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist