ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

मातातिर्थमा संचालित सि.सं. २६ गुल्मपति तथा स्टाफ तालिम सम्पन्न

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ असार १३ गते, १८:४८ बजे
मातातिर्थमा संचालित सि.सं. २६ गुल्मपति तथा स्टाफ तालिम सम्पन्न

पुरस्कार एवंम् प्रमाणपत्र ग्रहण गर्दै सशस्त्र प्रहरी निरीक्षक कृष्णकुमार बस्नेत

22
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. २६ गुल्मपति तथा स्टाफ (सिसिएससी) तालिम आईतबार सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकमा आयोजित उक्त तालिमको समापन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले तालिममा सर्वोत्कृष्ट भएका सशस्त्र प्रहरी निरीक्षक कृष्णकुमार बस्नेतलाई पुरस्कार तथा सफलतापूर्वक तालिम सम्पन्न गरेका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत प्रदान गएका थिए ।

महानिरीक्षक खनालले उक्त तालिम सफलतापूर्वक उत्कृष्ट ढंगबाट सम्पन्न गराउन विशेष भूमिका निर्वाह गरेकोमा सो तालिमका प्रशिक्षकहरुलाई समेत त्यसैअवसरमा प्रशंसापत्र प्रदान गरे ।

त्यवअवसरमा उनले राज्य प्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा पूर्ण व्यवसायिक भई जिम्मेवारी निर्वाह गर्न सक्ने अनुशासित, कर्तव्यनिष्ठ, नैतिवान, दक्ष र कुशल नेतृत्व क्षमतायुक्त अधिकृत उत्पादनका लागि संगठनले विभिन्न किसिमका यस्ता व्यावसायिक तालिमहरु संचालन गर्दै आईरहेको उल्लेख गर्दै यस्ता तालिमले अधिकृतहरुको बृत्तीविकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताए ।

महानिरीक्षक खनालले प्रशिक्षार्थीहरुले तालिमबाट प्राप्त ज्ञान, कला कौशललाई उपयोग गर्दै कार्यक्षेत्रमा खटिदा आफू मातहतकालाई समेत व्यवसायिक बनाई सामुहिक भावनाकासाथ कार्यसम्पादनमा जुट्ने विश्वास व्यक्त गर्नुहुँदै कर्तव्यनिष्ठ भई इमान्दारितापूर्वक प्राप्त जिम्मेवारीका क्षेत्रमा समर्पणभावका साथ उत्कृष्ठ कार्यसम्पादनमा जुट्न निर्देशन दिएका थिए ।

खनालले सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले राष्ट्र र नागरिकको सुरक्षा, सेवा तथा आपद् विपदमा परेकाहरुको उद्वारमा तदारुकताकासाथ खटिई देखाएको कर्तव्यपराणताको विभिन्न स्तरबाट समेत प्रशंसा भएको चर्चा गर्नुहुँदै राष्ट्र र आम नागरिकको सेवा तथा सुरक्षाका खातिर आफ्नो प्राणको समेत आहुती दिएका अमर सशस्त्र प्रहरी कर्मचारीहरुको योगदानको स्मरण गरे ।

नेपाल सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को महान अभियान साकार पार्न तथा सुशासन बनाई राख्ने कार्यमा शान्ति सुरक्षाको माध्यमबाट आ–आफ्नो ठाउँबाट सबै सशस्त्र प्रहरी कर्मचारीहरुले योगदान पुर्याउनु पर्नेमा महानिरीक्षक खनालको जोड थियो ।

१२ हप्ता अवधिको सिसिएससी तालिम २७ जना सशस्त्र प्रहरी निरीक्षकहरुले सफलतापूर्वक सम्पन्न गरेका छन् भने सो तालिममा सोधपत्रतर्फ सशस्त्र प्रहरी निरीक्षक रञ्जन बस्नेत उत्कृष्ट ठहरिएको सशस्त्र प्रहरी निरीक्षक सुमन शर्माले जानकारी दिए ।

उक्त तालिममा स्टाफ ड्युटिज, युद्धकला, नेतृत्वकला, फौजको व्यवस्थापन, ट्याक्टिस, इन्टेलिजेन्स, अपराध नियन्त्रण, मानवअधिकार लगायतका विविध विषयहरुमा सम्बन्धित विषयका विषयविज्ञबाट प्रशिक्षण प्रदान गरिएको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी., प्रतिष्ठानका कार्यकारी निर्देशक लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।

तस्विरहरु:

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल कार्यक्रमलाई सम्बोधन गर्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist