इटहरी । नेपाल प्रेस युनियन सुनसरीले इटहरी नगर कार्यसमितिलाई पूर्णता दिएको छ । आइतबार इटहरीस्थित प्रेस युनियन सुनसरीको कार्यालयमा बसेको बैठकले इटहरी नगर समितिलाई पूर्णता दिएको हो ।
युनियनको उक्त बैठकले विनय बाह्रकोटी संयोजक र खेमराज सापकोटा सह-संयोजक रहेको इटहरी नगर समितिको विस्तार गरेको हो ।
प्रेस युनियनका सुनसरी सचिव विवेक भट्टराईका अनुसार सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमसः मनोज दहाल, स्मारिका राई र राजकुमार खाती चयन भएका छन् । नगर कार्यसमितिका सदस्यहरूमा एलएन गच्छदार, रविन राउत, विजय पराजुली, सुजित मगर, एल्बिना बराइली, सुमन रेग्मी, आरके कटुवाल, धिरेन्द्र मण्डल, भीम कुमार चौधरी र विमल चौधरी रहेका छन् ।
कार्यसमितिलाई पूर्णता दिने क्रममा युनियन सुनसरीका सभापति पवन अधिकारीले प्रेस युनियन सुनसरीले पत्रकारका हक हितमा गरेको कामको स्मरण गर्दै युनियनलाई सबल र सक्षम बनाउँन सक्रिय भएर लाग्न निर्देशन दिएका थिए ।








