ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

बैद्य विरुद्द फौजदारी कसुरमा होला त कारवाही ? के छ कानुनी व्यवस्था ?

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ जेष्ठ ३१ गते, ६:५८ बजे
बैद्य विरुद्द फौजदारी कसुरमा होला त कारवाही ? के छ कानुनी व्यवस्था ?
20
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं, ३१ जेठ । नेपाली कांग्रेसका तर्फबाट बाग्मती प्रदेश सभा सदस्य नरोत्तम बैद्यले आफूविरुद्ध फौजदारी कसुरमा मुद्दा दर्ता गरिएपछि मिडिया तथा सार्वजनिक रुपमा नबोल्ने बताएका छन्।

हिजो आइतबार नेकपा एमालेका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पुगेर सांसद बैद्यविरुद्ध मुद्दा दर्ता गरेपछि प्रदेशसभा सदस्य बैद्यले सो प्रतिक्रिया दिएका हुन्। बैद्यले आफूविरुद्ध मुद्दा दर्ता भैसकेकोले अब मुद्दा किनारा नलागेसम्म मिडियामा नबोल्ने बताएका हुन्। उनले भने, ‘मविरुद्ध मुद्दा दर्ता भैसकेको छ। म यो मुद्दा किनारा नलागेसम्म बोल्दिन्।’

एमाले नेता तथा कार्यकर्ताहरुले सांसद बैद्यलाई तत्काल पक्राउ गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिएका थिए। गत शुक्रबारको प्रदेश सभा बैठकमा उनले प्रधानमन्त्री ओलीविरुद्ध आफू नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए।

तर, चौतर्फी विरोध र पार्टीबाटै तत्काल आत्मालोचना गर्न निर्देशन दिएपछि गत शनिबार प्रदेशसभा बैठकमा माफी माग्दै उनले उक्त शब्द फिर्ता लिएको घोषणा गरेका थिए।

के छ कानुनी व्यवस्था ?

संविधानको धारा १८७ (१) मा प्रदेशसभाभित्र पूर्ण वाक स्वतन्त्रताको हक हुने सुनिश्चित गर्न व्यक्त विचारलाई लिएर कुनै सदस्यलाई पक्राउ गर्ने, थुनामा राख्ने वा अदालतमा कारबाही चलाउन पाइँदैन भन्ने उल्लेख छ।

संविधानको उक्त धारामा लेखिएको छ, ‘यस संविधानको अधीनमा रही प्रदेशसभामा पूर्ण वाक स्वतन्त्रता रहनेछ र प्रदेश सभामा व्यक्त गरेको कुनै कुरा वा दिएको कुनै मतलाई लिएर कुनै पनि सदस्यलाई पक्राउ गर्ने, थुनामा राख्ने वा निज उपर कुनै अदालतमा काबारही चलाइने छैन।’

यदि कुनै सदस्यले सीमा बाहिर गएर गतिविधि गरेमा कारबाही गर्ने अधिकार सभामुखलाई मात्रै हुने व्यवस्था संविधानले गरेको छ।

प्रदेशसभाको निर्णयबाट त्यस्ता सदस्यलाई सचेत गराउने, नसिहत दिन वा तीन महिना नबढ्ने गरी कैद गर्न वा दश हजारसम्म जरिवाना गर्न अधिकार सभामुखलाई मात्र छ।

Tags: नेपाली कांग्रेस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist