Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

बुद्ध नेपालमा जन्मिएका हुन् भन्दै अमेरिकामा नेपालीले गरे प्रदर्शन

‘बुद्ध नेपालमा जन्मिएका हुन, अमेरिका-नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध चीरकाल रहोस्’

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ चैत्र २७ गते, ५:२५ बजे
बुद्ध नेपालमा जन्मिएका हुन् भन्दै अमेरिकामा नेपालीले गरे प्रदर्शन
33
SHARES
Share on FacebookShare on Twitter

– गणेश थापा

अमेरिका । क्यालिफोर्निया राज्यस्थित सानफ्रान्सिस्कोमा नेपाली कलासंस्कृति र पहिचान झल्किने खालको विभिन्न झॉकीसहितको भेषभुषामा शनिवार नेपाली समुदायले वृहत प्रदर्शन गरेका छन् ।

‘भगवान गौतम बुद्ध नेपालमा जन्मिएका हुन, अमेरिका-नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध चीरकाल रहोस्’ जस्ता प्लेकार्ड र नेपालको झण्डा बोकेका सयौं नेपाली युवायुवती, बालबालिका एवम् बृद्धबृद्धाहरू समेत मार्चपासमा सहभागी भएका थिए ।

सानफ्रन्सिस्को शहरको विभिन्न भागमा नेपालको विविधता झल्किने पहिरहनमा उपस्थित नेपालीहरूले गरेको यस प्रदर्शनीलाई स्थानी र विभिन्न देशका मानिसहरूले समेत निकै चासोपूर्वक लिएका थिए ।

यता प्रदर्शनीको सफलताको लागि नेपाल तथा क्यालिफोर्नियाका विभिन्न तह र तप्काबाट शुभकामना समेत प्राप्त भएको आयोजकले उल्लेख गरेको छ ।

नेपाली समुदायको हकहितका लागि कार्य गरिरहेका यहॉका विभिन्न सामाजिक संघसंस्था तथा गैर-आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद अमेरिका र क्यालिफोर्निया च्याप्टरको संयुक्त पहलमा नेपाली नयॉवर्षको अवसरमा आयोजित ‘नेपाल-डे परेड’ नाम दिइएको उक्त कार्यक्रममा ठूलो संख्यामा भेला भएका नेपालीहरूले मार्चपास गरेको एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टरले जानकारी दिएको छ ।

क्यालिफोर्नियाकै ब्यस्त एवम् ऐतिहासिक शहर भएकोले पनि सानफ्रान्सिस्कोमा यस प्रकारको कार्यक्रम हुनु नेपालको पर्यटन क्षेत्र र नेपाली कलासंस्कृतिको प्रबर्द्धनका लागि सकारात्मक पहलकदमी भएको यहॉ क्रियासिल विभिन्न पेशा व्यवसायी एवम् सामाजिक अभियान्ताहरूले उल्लेख गरेका छन् ।

नेपालीमूलका भूटानी शरणार्थी बाहेकै आधिकारिक रूपमा अमेरिकामा बसोबास गरिरहेका नेपालीको संख्या करीव तीन लाख रहेको छ । सवैभन्दा बढी नेपालीहरूको बसोबास रहेको न्यूयोर्कमा यसअघि यस्तै प्रकारको कार्यक्रम गरिएको थियो ।

यद्यपि क्यालिफोर्नियामा पहिलो पटक आयोजना गरिएको यस नेपाल-डे परेडको आर्थिक पारदर्शीता एवम् सहभागितालाई लिएर यहॉका कतिपय संघसंस्था र व्यक्तिहरूले असन्तुष्टी व्यक्त गरेका छन् ।

नेपाली समुदायले विभिन्न प्रयोजनका लागि संकलन गर्ने रकम र खर्च सम्बन्धीको हिसाबकिताब प्रष्ट पार्न नसक्दा समयसमयमा विभिन्न पक्षबाट प्रश्नचिन्ह खडा हुनेगरेको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौ ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist