समृद्ध नेपालको सम्भावना सहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवर्द्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त समारोहको आयोजना गरिएको बैंकले जनाएको छ ।
एनएमबी बैंक लिमिटेडले नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा बसन्तपुर डवलीमा बैंकका कर्मचारी, नेपाल हेरिटेज सोसाईटीका सदस्यहरू, युनेस्काको सदस्य तथा सर्वसाधारणहरू गरी करीब पाँच सयजनाको सहभागिता थियो ।
कार्यक्रममा नेपाल हेरिटेज सोसाईटी तथा स्थानीय सिन्हा स्वान खलालाई डस्टविन हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा नेपाल हेरिटेज सोसाईटीकी अध्यक्ष अम्बिका श्रेष्ठ, सोसाइटीकै सदस्य तथा पुरातत्वविद् प्रकाश दर्नाल, युनेस्कोको कन्ट्री डाइरेक्टर माइकल क्रोफ्ट लगायतले सांस्कृतिक सम्पदा संरक्षणको महत्वबारे प्रकाश पारे ।
यस्तै, एनएमबी बैंकका सञ्चालक समिति सदस्य उत्तम भ्लोनले स्वागत मन्तव्य राखेका थिए भने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले सांस्कृतिक सम्पदा राष्ट्रको गौरव भएको र यसलाई संरक्षण गर्न हातेमालो गर्नुपर्ने बताए ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।