इटहरी । सार्क राष्ट्रका करीब छ हजार व्यक्तिहरूबाट छनौट गरी एक सय जनालाई गरिएको सम्मानमा इटहरीका डा. बेनु सिटौला सम्मानित भएका छन् ।
बैकल्पिक शिक्षा पद्वति विकास संस्था भारतद्वारा काठमाडौँमा आयोजित कार्यक्रममा सिटौला सम्मानित भएका हुन् ।
सार्क मुलुकका विभिन्न विधामा उत्कृष्ट योगदान पुर्याएको भन्दै कार्यक्रममा नेपाल दयानन्द वैदिक मिसन ग्लोबल एकेडेमीका प्राचार्य समेत रहेका उनलाई सम्मान गरिएको हो ।
कार्यक्रम संयोजक डा. राजीव पालका अनुसार सार्क राष्ट्रका विभिन्न व्यक्तिहरूबाट प्राप्त करीब छ हजार व्यक्तिहरूबाट छनौट गरी एक सय जनालाई सम्मान गरिएको हो ।
कार्यक्रममा नेपालकी पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला, भारत सरकारका नेता दिनेश उपाध्याय लगायतको उपस्थिति थियो ।